लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस
काठमाडाैं | पुस २७, २०७९
बुटवल: नेकपा एमाले लुम्विनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज नयाँ सरकारका लागि दावी पेस गर्नुभएको छ ।
सत्ता साझेदार दलका नेताहरु आज दिउँसो लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस गर्न प्रदेश प्रमुखको कार्यालय बुटवल जानुभएको हो ।
सत्ता साझेदार दलहरुले सात दलको समर्थमा ५८ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि बुधबार ४ बजेसम्मको समयसीमा दिनुभएको थियो ।
लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ र नागरिक उन्मुक्तिसँग ४ सिट छन् । त्यसैगरी, स्वतन्त्र दुई सांसदले पनि सत्तारुढ दललाई समर्थन गरेका छन् ।
लोसपाका तीन सांसदले समेत नयाँ सरकार बनाउन हस्ताक्षर गरेपछि सांसदको संख्या ५८ पुगेको हो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

